Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सौराहाका ७० प्रतिशत होटल रेष्टुराँ सञ्चालनमा, निकुञ्ज खुल्ने प्रतीक्षामा पर्यटन व्यवसायी

सौराहाका ७० प्रतिशत होटल रेष्टुराँ सञ्चालनमा, निकुञ्ज खुल्ने प्रतीक्षामा पर्यटन व्यवसायी

चितवन, १८ साउन । सौराहामा होटल रेष्टुराँ सञ्चालनमा आउने क्रम बढेको छ । गत बिहीवारदेखि हालसम्म करीब ७० प्रतिशत होटल रेष्टुरा सञ्चालनमा आएको र अन्य पनि क्रमशः सञ्चालन हुने तयारीमा रहेको क्षेत्रीय होटल संघ नेपाल, सौराहाले बताएको छ । होटल रेष्टुराँ खुलेसँगै आन्तरिक पर्यटक आउने क्रम पनि शुरू भएको छ । सरकारले होटल तथा अन्य पर्यटन व्यवसायलाई खोल्न अनुमति दिएसँगै गत बिहीवारदेखि यहाँका पर्यटन व्यवसायीले सेवा सञ्चालनमा ल्याउन थालेका हुन् ।
जंगल सफारी लजका सञ्चालक एवं क्षेत्रीय होटल संघ नेपाल, सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले होटल खुल्ने क्रम शुरू भएसँगै केही मात्रामा आन्तरिक पर्यटक समेत आउन थालेको बताए । तत्काललाई पर्यटकको चाप नभए पनि सेवा सञ्चालनका लागि व्यवसायी उत्साहित भएको उनको भनाइ छ । अहिलेको गतिविधिबाट आगामी सिजनका लागि सहयोग पुग्ने उनले बताए ।
यद्यपि सौराहामा पर्यटकीय गतिविधि बढ्न निकुञ्ज खुल्नु भएकाले पर्यटन व्यवसायी निकुञ्ज खुल्ने प्रतीक्षामा छन् । क्षेत्रीय होटल संघ नेपाल, सौराहाका अध्यक्ष दिपक भट्टराईले होटलहरु खुलेसँगै पर्यटकीय अन्य गतिविधि पनि शुरु भएको बताए । तर निकुञ्ज नखुलेकाले सामुदायिक वनमा हात्ती सफारी तथा जीप सफारी शुरू गरिएको उनको भनाइ छ ।
पर्यटन गतिविधि बढ्न बढ्न यससँग सम्बन्धित सबै सेवा सुविधा सञ्चालनमा आउनुपर्ने उनले बताए । पर्यटकको गतिविधि बढाउन अन्तरजिल्ला यातायात सेवा, हवाई सेवा र प्रचारप्रसारलाई तीव्र पार्नुपर्ने उनको भनाइ छ ।
लामो समयपछि होटल खुल्दा केही उत्साह थपिने र आगामी दिनमा योजना बनाउन मदत पुग्ने व्यवसायीले बताएका छन् । होटल खुलेसँगै व्यवसाय प्रवर्द्धनको विषयमा व्यवसायीबीच प्रत्यक्ष छलफल भएको छ, जसअनुसार आन्तरिक पर्यटन प्रवर्द्धनको लागि संघले ‘घुमौं चितवन’ भन्ने नाराका साथ देशभर चितवनका पर्यटकीय गन्तव्यको वृत्तचित्र देखाउने तयारी गरेको व्यवसायीले बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x