मुक्तिनाथ विकास बैंकको स्वतन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त
काठमाडौं, १८ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेडको स्वतन्त्र संचालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन् । गत १६ गते बसेको बैंक संचालक समितिको बैठकले शर्मालाई बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।
उनी नेपाल सरकारको करिव ३९ वर्ष सेवा गरी अवकास प्राप्त कर्मचारी हुन् । शर्माले लिभरपुल विश्वविद्यालय, बेलायतबाट पब्लिक एड्मिनिस्टेसन विषयमा स्नातकोत्तर तह, त्रिभुवन विश्वविद्यालयबाट विजनेश एडमिनिस्टेसन विषयमा स्नातकोत्तरतह र सर्रे विश्वविद्यालय, बेलायतबाट, टुरिजम मेनेजमेन्ट विषय अध्ययन गरेका छन् ।
हाल बैंकले ४२ जिल्लामा १३७ वटा शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ ।