Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

‘मेरो शेयर’को एकाउन्ट नविकरण अब इसेवाबाट

‘मेरो शेयर’को एकाउन्ट नविकरण अब इसेवाबाट

काठमाडौं, १८ साउन । शेयर कारोबार गर्ने तथा आइपिओमा लगानीगर्ने लगानीकर्ताले ‘मेरो शेयर’ अकाउन्ट नविकरणको भुक्तानी इसेवाबाट गर्न सक्ने भएका छन् । यस अघि डिम्याट एकाउन्ट नविकरण तथा ब्रोकरको रकम अनलाइनबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवाले ‘मेरो शेयरको अकाउन्ट नविकरण पनि अनलाइनबाटै गर्न सकिने सेवा दिएको हो ।

योसँगै मेरो शेयरको शुल्क भुक्तानीकै लागि विभिन्न क्यापिटलमा जानु पर्ने बाध्यताबाट लगानीकर्तालाई मुक्ति मिलेको छ । लगानीकर्ताले रियल टाइममै आफ्नो मेरो शेयर अकाउन्टको नविकरण गर्न सक्ने इसेवाका सिनियर बिजनेस डेभलपमेन्ट अफिसर साजन महर्जनले बताए । इसेवामा नेपालमा रहेका सबै क्यापिटल, शेयर ब्रोकर आवद्ध छन् ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानीलगायत मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामाहाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x