Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

आइएमई पे र मुक्तिनाथ क्यापिटलबीच सेवा आदानप्रदान गर्ने सम्झौता

आइएमई पे र मुक्तिनाथ क्यापिटलबीच सेवा आदानप्रदान गर्ने सम्झौता

काठमाडौँ, १८ साउन । आइएमई पे र मुक्तिनाथ क्यापिटलबीच सेवा आदानप्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार मुक्तिनाथ क्यापिटल लिमिटेडका सेवाग्राहीहरूले डीम्याट र मेरो शेयर नवीकरण शूल्क आइएमई पे वालेटमार्फत सजिलै भुक्तानी गर्न सक्ने भएका छन् ।

उक्त सम्झौतापत्रमा मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्र जोशी र आइएमई पेका बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवा प्रदायक ‘आइएमई पे’मा झन्डै २५ हजार एजेण्ट आउटलेट संजाल रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x