Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

४२.७८ अंक घटेको बजारमा १ अर्ब ८४ करोडभन्दा बढिको कारोबार

४२.७८ अंक घटेको बजारमा १ अर्ब ८४ करोडभन्दा बढिको कारोबार

काडमाडौं, १८ साउन । साताको पहिलो कारोबार दिन आइतबा (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४२.७८ अंक घटेको छ । आज नेप्से परिसूचक २.९७ प्रतिशतले घटेर १३९६.२८ विन्दुमा झरेको हो ।

नेप्से परिसूचक घटेपनि शेयर कारोबार रकममा भने वृद्धि भएको छ । गत कारोबार दिन (बिहिबार) १ अर्ब ३२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा आज १ अर्ब ८४ करोड १२ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । यो रकम गत कारोबार दिनको तुलनामा ४८ करोड रुपैयाँ बढि हो ।

१८९ कम्पनीलको २७ हजार ८६० पटकको कारोबारमा ४६ लाख ६१ हजार ६०९ कित्ता शेयर खरिद विक्री भएको छ । आज आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । यो संस्थाको प्रतिशेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि प्रतिशेयर मूल्य ९.९७ प्रतिशतले वृद्धि भएको छ । सर्वाधिक शेयर मूल्य घट्नेमा जोशी हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । यो कम्पीनको प्रतिशेयर मूल्य ९.७२ प्रतिशतले घटेको हो ।

आज कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । होटल समूहको परिसूचक सर्वाधिक घटेको छ । यो समूहको परिसूचक ४.४९ प्रतिशतले घटेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x