Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

भारतमा ११ महिनामा १ लाख किया बिक्री

भारतमा ११ महिनामा १ लाख किया बिक्री

काठमाडौं, १९ साउन । कियाले भारतमा डेब्यु गरेको एक वर्ष भन्दा कम अवधिमा एक लाख भन्दा बढी एसयुभी बिक्री गरेको जनाएको छ । कियाले सन् २०१९ को अगष्टमा पहिलो मोडल रुपमा सेल्टोस भारतीय बजारमा सार्वजनिक गरेको थियो । त्यसयताको अवधिमा किया सबैभन्दा तीव्र गतिमा एक लाख थान एसयुभी बिक्री गर्ने अटोमेकर बन्न सफल भएको छ ।

कोरियाली अटो निर्माता कियाले जम्मा दुईवटा मोडल–– कार्निभल प्रिमियम एमपिभी र सेल्टोस एसयुभी––बाट यो उपलब्धि हासिल गरेको हो । मोडलगत प्रगति हेर्दा यसै वर्षको सुरुतिरको अटो सोमा भारत प्रवेश गरेको कार्निभल तीन हजार ६१४ युनिट बिक्री भएको छ । सेल्टोस ९७ हजार ७४५ थान बिक्री भएर छोटो अवधिमै भारतमा सबैभन्दा बढी बिक्री हुने युटिलिटी भेहिकल बन्न सफल भएको छ । सेल्टोस बजारमा आएदेखि नै लोकप्रिय रहेको र त्यसयता पनि लोकप्रियता कायम गर्न सक्दा यसले लोकप्रिय एयसुभीको उपाधि हात पारेको हो ।

कियाले भारतीय बजारमा आफ्नो तेस्रो मोडेल अल न्यु सोनेट कम्प्याक्ट एययुभी सार्वजनिक गर्ने तयारी गरेको छ । अगष्ट ७ मा ग्लोबल लन्चको तयारी रहेको कियाको नयाँ मोडल सोनेट भारतीय बजारमा आगामी सेप्टेम्बरमा आउने अपेक्षा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x