Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

प्राइम लाइफले पायो हकप्रद शेयर निष्कासनको अनुमति

प्राइम लाइफले पायो हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं, २९ माघ । नेपाल धितोपत्र बोर्डले प्राइम लाइफ इन्स्योरेन्सलाई हकप्रद शेयर निष्कासनको लागि अनुमति दिएको छ । इन्स्योरेन्सले १ बराबर १.६ कित्ता अर्थात १६० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि अनुमति पाएको हो ।

इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित मुल्य भएको ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार दुई सय कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीको हाल चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १२.५० प्रतिशत बोनस शेयर दिने बताएको छ । हकप्रद शेयर निष्कासन र बोनस शेयर पछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड रुपैयाँ पुग्ने जनाएको छ ।

कम्पनीले हकप्रद शेयरको निष्कासन कर्ता र बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x