Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनआईसी एशिया बैंक र सिजी मोटोकर्पबीच सम्झौता

एनआईसी एशिया बैंक र सिजी मोटोकर्पबीच सम्झौता

काठमाडौ, २३ साउन । एनआईसी एशिया बैंक लिमिटेड र सुजुकी ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्प प्रा.लि.बीच सम्झौता भएको छ । सिजी मोटोकर्पले बैंकलाई फाइनान्सिङ पार्टनर बनाउँन समझदारी गरेको हो । उक्त समझदारीपत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सिजी मोटोकर्पका महाप्रबन्धक (सेल्स एण्ड मार्केटिङ) सिरज पन्तले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौताअनुसार बैंकले सुजुकी ब्राण्डका चार पांग्रे सवारी खरिद गर्दा सवारी कर्जामा थप सहजता प्रदान गर्नेछ । यस बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जामार्फत सुजुकी ब्राण्डका सवारी ग्राहकले खरिद गर्न सक्नेछन् ।

हाल बैंकले ३२६ शाखा कार्यालयहरू, ४६५ एटीएम, १०१ वटा एक्स्टेन्सन काउण्टर र ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x