गत वर्ष मेरो माइक्रोफाइनान्सको नाफामा ३.४८ प्रतिशतको बृद्धि
काठमाडौं, २८ साउन । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६–०७७ मा १६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३.४८ प्रतिशतले बढी हो ।
अघिल्लो वर्ष संस्थाले १५ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
गत वर्ष संस्थाको खुद ब्याज आम्दानी ३२.४५ प्रतिशतले बढेर ५० करोड ४७ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने २२.९९ प्रतिशतले घटेर १९ करोड १३ लाख रुपैयाँमा सिमित भएको छ ।
त्यस्तै, संस्थाको जगेडा कोषमा ३५ करोड ३३ लाख रुपैयाँ रहेको छ ।