Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

नेपाल बैंकद्वारा कोरोना कोषमा ३ करोड ४६ लाख सहयोग

नेपाल बैंकद्वारा कोरोना कोषमा ३ करोड ४६ लाख सहयोग

काठमाडौं, २८ साउन । नेपाल बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा ३ करोड ४६ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो चेक बैंकका अध्यक्ष बासुदेव अधिकारी र प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले अर्थमन्त्री डा. युवराज खतिवडालाई हस्तान्तरण गरेका हुन ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक, सांस्कृतिक, प्राकृतिक प्रकोप, शिक्षा, स्वस्थ्य, सरसफाइ, वातावरण संरक्षण तथा अन्य सामुदायिक हित संरक्षणमा खर्च गर्दै आएको छ ।

चेक बुझ्दै अर्थमन्त्री डा। युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाल बैंकले पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x