Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सुनको मूल्य एकैदिन ६ हजार २ सय घट्यो

सुनको मूल्य एकैदिन ६ हजार २ सय घट्यो

काठमाडौं, २८ साउन । बुधबार एकैदिन सुनको मूल्य ६ हजार २ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ६ हजार २ सयले घटेर ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

पछिल्लो समय लगातार बढेको सुनको मूल्य १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। कोरोना संक्रमणले विश्वव्यापी रुपमै आर्थिक मन्दी सृजना गरेकाले लगानीकर्ताहरु सुनमा आकर्षित भएका छन् । त्यसले मूल्यमा चाप परेको जानकार बताउछन् । सुनको मूल्यमा भएको बृद्धिले कारोबार समेत प्रभावित भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि २ सय २५ रुपैयाँले घटेर १२ सय १० रुपैयाँमा झरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x