Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

रिलायन्स लाइफको आइपीओ भदौ ४ देखि बिक्री खुला

रिलायन्स लाइफको आइपीओ भदौ ४ देखि बिक्री खुला

काठमाडौं, २८ साउन । रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड रुपैयाँको आइपीओ भदौ ४ गतेबाट बिक्री खुला गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ दरको ६३ लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो ।

कुल ६३ लाख कित्ता आइपीओमध्ये ५ प्रतिशत (३ लाख १५ हजार कित्ता) सामूहिक लगानी कोषलाई, ५ प्रतिशत ( ३ लाख १५ हजार कित्ता) कर्मचारीलाई छुट्याएको छ भने बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने जनाइएको छ।

यो आइपीओमा छिटोमा भदौ ८ गतेसम्म र सो अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १० कित्तादेखि ६३ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x