Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

हालसम्मकै ठूलो परिमाणमा खाद्यान्न किन्दै खाद्य व्यवस्था कम्पनी

हालसम्मकै ठूलो परिमाणमा खाद्यान्न किन्दै खाद्य व्यवस्था कम्पनी

काठमाडौं, २९ साउन । उपभोक्तालाई सहुलियत दरमा सहज रूपमा खाद्यान्न आपूर्तिका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अहिलेसम्मकै ठूलो परिमाणमा खाद्यान्न खरिद गर्ने भएको छ । कम्पनीले चालू आर्थिक वर्षमा रू. ४ अर्ब ९ करोडभन्दा बढीको १ लाख मेट्रिकटन (मेटन) खाद्यवस्तु किन्न लागेको हो । कोरोना महामारी र लकडाउनको प्रभावले गत आवमा कम्पनीले लक्ष्यअनुसार खाद्यान्न किन्न सकेको थिएन ।
कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार बजारमा हुने अनावश्यक मूल्य वृद्धिलाई नियन्त्रण गर्ने र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले पहिलोपटक ठूलो परिमाणमा खाद्यान्न किन्न लोगेको हो ।
जस अनुसार चालू आवमा ६० हजार मेटन धान, २५ हजार मेटन चामल, ५ हजार मेटन गहुँ, २ सय मेटन मसुरो र रहरको दाल, २ मेटन कर्णालीको सिमी, २० मेटन भटमास, ५० मेटन मासको दाल, १० हजार मेटन चिनी खरिद गरिने उनले बताइन् । यस्तै २० हजार लिटर खानेतेल र दशैंका लागि लक्षित गरी करिब ३ हजार खसीबोका गरी कुल ४ अर्ब ९ करोड ७० लाख ५१ हजार रुपैयाँ बराबरको खाद्यवस्तु किन्न लागिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७६÷७७ मा ३० हजार मेटन धान किन्ने लक्ष्य राखे पनि करीब २२ हजार मेटन मात्रै किन्न सकेको थियो । यसैगरी ३ हजार मेट्रिक टन गहुँ किन्ने लक्ष्य भए पनि कोरोना महामारीका कारण ५ सय ४९ हजार मेटन मात्र गहुँ किनेको थियो । १० हजार मेटन चामल किन्ने लक्ष्य समेत महामारीकै कारण प्रभावित भएकाले हालै मात्र खरिद सम्झौता गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x