Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नविल बैंकको नाफा गत वर्ष १६ प्रतिशतले घट्यो

नविल बैंकको नाफा गत वर्ष १६ प्रतिशतले घट्यो

काठमाडौं, २९ साउन । नविल बैंकले गत आर्थिक वर्ष २०७६–७७ मा ३ अर्ब ५६ करोड रुपैयाँल नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५–७६ मा ४ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो ।

गत वर्ष कोरोना संक्रमणले व्यापार, व्यवसाय प्रभावित हुँदा नाफामा समेत कमि आएको हो । अघिल्लो वर्षको तुलनामा करिब १६ प्रतिशत नाफा घटेको छ। बैंकको नाफा घटेपनि अन्य सूचकहरु भने राम्रै देखिएको छ ।

यस्तै, बैंकले गत वर्ष एक खर्ब ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । १६ अर्ब ४९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने खुद ब्याज आम्दानी ७ अर्ब २ करोड रुपैयाँ कायम गराउन सफल भएको छ । त्यस्तै बैंकको जगेडा कोषमा १२ अर्ब ६६ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x