लक्ष्मी बैंकको २ नयाँ एक्स्टेन्सन काउण्टर विस्तार
काठमाडौं, २९ साउन । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो छैटौं र सातौँ एक्स्टेन्सन काउण्टर दोलखा जिल्लामा स्थापना गरेको छ । छैटौं एक्स्टेन्सन काउण्टर दोलखाको तामाकोशी गाउँपालिका–वडा न. ३, जाफेमा स्थापना भएको हो भने सातौं एक्स्टेन्सन काउण्टर कालिञ्चोक गाउँपालिका–वडा न. ८, सुनखानीमा स्थापना गरिएको बैंकले जानकारी दिएको छ ।
यी २ नयाँ एक्स्टेन्सन काउण्टरका स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ एजेन्टहरू पुगेको छ ।