नेप्से परिसूचक १६.५३ अंक घट्यो, कारोबार रकम १ अर्ब माथि
काठमाडौं, २९ साउन । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेप्से परिसूचक १६.५३ अंक घटेर बन्द भएको छ। आज परिसूचक १.१६ प्रतिशत घटेर १४०८.७९ विन्दुमा ओर्लिएको हो ।
१९१ कम्पनीको ३३ लाख ४४ हजार १११ कित्ता शेयर १ अर्ब ४ करोड ८९ लाख रुपैयाँमा कारोबार भएको छ । सर्वाधिक शेयर कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ। कम्पनीको ७ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको हो। विहिवार दिव्यश्वरी हाइड्रोपावर कम्पनीको सेयर मुल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मुल्य प्रतिकित्ता ५ रुपैयाँ बढेर ५५ रुपैयाँ पुगेको छ। त्यस्तै, साधना लघुवित्तको सेयर मुल्य प्रतिकित्ता ५७ रुपैयाँ बढेर ६३५ रुपैयाँ पुगेको छ। नेपाल फाइनान्सको सेयर मुल्य भन् ५.६८ प्रतिशत घटेर प्रतिकित्ता १६६ रुपैयाँ पुगेको छ ।
कारोबारमा आएका १२ समूहमध्ये उद्योग समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी समूहको परिसूचकमा कमी आएको छ । उद्योग समूहको परिसूचक ०.०६ प्रतिशतले वृद्धि भएको छ ।