रिलायन्स् फाइनान्स् र एफवान सफ्टबीच मोबाइल बैंकिङ सम्बन्धी सम्झौता
काठमाडौं, २९ साउन । रिलायन्स् फाइनान्स्ले मोबाइल बैंकिङ सेवाका लागि एफवान सफ्ट इन्टरनेशनलसँग सम्झौता गरेको छ । सम्झौतामा रिलायन्स् फाइनान्स्का प्रमुख कार्यकारी अधिकारी अनिल श्रेष्ठ र सिनियर म्यानेजर केशव प्रसाद खनाल तथा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माको उपस्थितीमा हस्ताक्षर भएको हो ।
सम्झौतापश्चात एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले रिलायन्स् फाइनान्स्सँग पहिलो पटक सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । साझेदारहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू उपलब्ध गराउन आफूहरु प्रतिबद्ध रहेको पनि जानकारी दिए ।
एफवान सफ्टले ५१ वटा सदस्य बैंकमार्फत् १ करोड १० लाख ग्राहकलाई सेवा दिइरहेको जनाएको छ । त्यस्तै मोबाइलबाट हुने ८५ प्रतिशत भुक्तानी कम्पनीको नेटवर्कबाट हुने गरेको कम्पनीले जनाएको छ ।
यो सम्झौताले विशेषगरी कोरोना भाइरस महामारीको समयमा मोबईल बैंकिङ डिजिटल कारोबारका लागि ग्राहकलाई प्रभावकारी हुने अपेक्षा गरिएको छ ।