Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ र कामना सेवा विकास बैंकबीच विनाधितो प्रोफेशनल कर्जाका लागि सम्झौता

नेपाल  चार्टर्ड एकाउन्टेन्ट संघ र कामना सेवा विकास बैंकबीच विनाधितो प्रोफेशनल कर्जाका लागि सम्झौता

काठमाडौं, २९ साउन । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान) र कामना सेवा विकास बैंक लि. बीच एक्यानमा आबद्ध सदस्यहरूलाई विना धितामा प्रोफेशनल कर्जा प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । द्विपक्षीय समझदारी अनुसार एक्यानका सदस्यहहरूलाई सरल तरिकाबाट बैंकको १२४ शाखाबाट एकै दिनमा बिना धितोमा रू. १५ लाखसम्मको प्रोफेश्नल कर्र्जा प्रदान गरिने संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो सम्झौतापछि एक्यानका सदस्यहरुले व्यक्तिगत आवश्यकताहरु पूरा गर्नको लागि विना धितोमा सहुलियतपूर्ण बैंकिङ सुविधा (कर्जा) लिन सहज हुने संघका उपाध्यक्ष रमेश धितालले बताए । साथै, एक्यानमा आबद्ध सदस्यका श्रीमतीद्वारा सञ्चालित व्यापार व्यवसायलाई समेत सहुलियतपूर्ण कर्जा प्रवाहका लागि समझदारी भएको धितालले जानकारी दिए । आगामी दिन यसका साथै अन्य बैंक तथा वित्तीय संस्थासँग समेत समझदारीका लागि छलफल भइरहेको उनको भनाइ छ ।
समझदारीपत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ. तर्फबाट अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x