Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

कोरोना नियन्त्रणका लागि सरकारी निर्णय कार्यान्वयनमा कडाइ, उपत्यकामा अनुगमन तीव्र पारिँदै

कोरोना नियन्त्रणका लागि सरकारी निर्णय कार्यान्वयनमा कडाइ, उपत्यकामा अनुगमन तीव्र पारिँदै

काठमाडौं, ३० साउन । नेपालमा बढ्दै गएको कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारी निर्णय कार्यान्वयनमा कडाइ गरिएको छ । संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएका निर्णयको प्रभावकारी कार्यान्वयनका लागि गृह मन्त्रालयले मातहत सुरक्षा निकाय तथा सबै जिल्ला प्रशासन कार्यालयलाई जरुरी सूचना जारी गर्दै निर्देशन दिएको हो ।
पछिल्लो समयमा कोभिड–१९ को संक्रमण र मृत्युदर पनि बढ्दो क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मानिसले सुरक्षा सतर्कताका मापदण्ड पालना नगरेकाले पनि समस्या थपिँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी जनस्वास्थ्य मापदण्ड र गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्ड तथा निर्देशनअनुरूप सबै सुरक्षा निकाय तथा जिल्ला प्रशासन कार्यालयबाट समन्वयात्मक रूपमा कार्यान्वयन भइरहेको गृह मन्त्रालयले बताएको राससमा उल्लेख छ ।
काठमाडौं उपत्यकाभित्र र २०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा चल्ने सवारीसाधन सञ्चालनमा जोरबिजोर प्रणालीको पालना गर्ने गराउने, आवागमनको लागि तोकिएका सवारी साधनमात्र चल्ने व्यवस्था मिलाउने, भौतिक दूरीको पालना गर्न गराउने, अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने गराउनेलगायत निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मातहतका निकायलाई बिहीवार मन्त्रालयले जरुरी सूचनामार्फत निर्देशन जारी गरेको छ ।

काठमाडौं उपत्यकाभित्र काठमाडाँं जिल्लामा पाँच, ललितपुर र भक्तपुर जिल्लामा चार÷चार वटा अनुगमन टोली परिचालन गरी अनुगमन तथा कारवाहीलाई तीव्र बनाइएको छ । यसै प्रकारको अनुगमन टोली परिचालन गरी साप्ताहिक कार्य प्रगति पठाउन अन्य जिल्लालाई समेत निर्देशन दिइएको मन्त्रालयले बताएको छ ।
कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा नागरिकबाट भइरहेको सकारात्मक सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि सबैबाट थप सकारात्मक सहयोगको लागिसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x