Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सिन्धुपाल्चोकको लिदीमा भीषण पहिरो, २७ घर पुरिँदा ३५ जनाको मृत्यु

सिन्धुपाल्चोकको लिदीमा भीषण पहिरो, २७ घर पुरिँदा ३५ जनाको मृत्यु

सिन्धुपाल्चोक, ३० साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका– २ को लिदी करुवत्तमा भीषण पहिरोले ३५ घर पुरिएका छन् भने ३५ जनाको मृत्यु भएको स्थानीयले बताएका छन् ।
स्थानीयले शुक्रवार बिहान ६ बजे गएको पहिरोले २७ घर पुरेको र ३५ जनाको मृत्यु भएको जनाए पनि प्रहरीले भने एकीन तथ्याङ्क आइनपुगेको बताएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको डिएसपी माधवप्रसाद काफ्लेले प्रहरीहरु घटनास्थल पुग्दै गरेको कारण यकिन तथ्याङ्क आइनसकेको बताए । तर स्थानीय पेशलाल दोङको अनुसार पहिरोमा परेर ३५ को मृत्यु भइसकेको छ भने २७ घर पुरेको छ, जसमध्ये २२ घर पूर्णरुपमा पुरिएको र ५ घर आंशिक रुपमा क्षति भएको छ ।
यता, गाउँपालिकाको अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार पहिरोमा १३ घर पुरीएको छ । सोमध्ये ५ घरका व्यक्तिहरु सम्पर्कविहीन भएका छन् भने सम्पर्कविहीन भएकामध्ये १३ जना एकीन भइसकेको छ । १५ जना घाइतेहरु लप्सेचौरमा निस्कनुएको श्रेष्ठले जानकारी दिए । पहिरोबाट थप ३० घर प्रभावित भएको जानकारी दिँदै उनले माथिबाट पहिरो झरिरहेको र तरबाट पनि बगिरहेकोले उद्धारमा कठिनाइ भइरहेको छ ।
गएको साउन २३ गते सो ठाउँका स्थानीयले बस्ती जोखिममा परेको भन्दै जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकमा जोखिमको पहिचान गरी स्थानानतरण गर्न निवेदन दिएका थिए । तर विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले खासै चासो नदिएका कारण यस्तो दुर्घटना हुन पुगेको स्थानीय आशबहादुर तामाङले बताए । ‘हामीले बस्ती जोखिममा छ भनेर निवेदन दिएकै बेला त्यसको अध्ययन गर्न सकेको भए यो अवस्था आउँदैनथ्यो’, उनले भने, ‘उनीहरूले चासो दिएको भए बस्ती सार्न सकिने थियो, यत्रो मानवीय क्षति हुने थिएन ।’
तामाङका अनुसार बलेफी ए हाइड्रोपावरको सुरुङ निर्माणको क्रममा विष्फोटन गर्दा जमिन हल्लिएका कारण पहिरो गएको हो । ‘हामीले दिएको निवेदनमा नाम्फा, सञ्चगाउँ, लिदी, झुल्के, निम्लुङ, वैगाङसमेतका ५ सय भन्दा बढी घरहरु जोखिममा परेको बताएका थियौं’, तामाङले भने ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x