Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

कोरोना कहर : वाणिज्य बैंकहरुको नाफामा कमि, कुन बैंकको नाफा कति घट्यो ?

कोरोना कहर : वाणिज्य बैंकहरुको नाफामा कमि, कुन बैंकको नाफा कति घट्यो ?

काठमाडौं, ३० साउन । गत आर्थिक वर्ष २०७६–०७७ मा अघिकांश वाणिज्य बैंकहरुको नाफा घटेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ देखि देशव्यापी लकडाउन गरेको थियो । त्यसले अर्थतन्त्र शिथिल हुँदा बैंकहरुको नाफामा गिरावट आएको हो । हालसम्म गतवर्षको वित्तिय विवरण प्रकाशन गरेका वाणिज्य बैंक मध्ये केहीले नाफा बढाएपनि अधिकांशको नाफा १० देखि २५ प्रतिशतसम्मले घटेको छ ।

हेर्नुस् कुन बैंकले कति नाफा कमाए

नविल बैंक

नविल बैंकले गत आर्थिक वर्ष २०७६–७७ मा ३ अर्ब ५६ करोड रुपैयाँल नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५–७६ मा ४ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष कोरोना संक्रमणले व्यापार, व्यवसाय प्रभावित हुँदा नाफामा समेत कमि आएको हो । अघिल्लो वर्षको तुलनामा करिब १६ प्रतिशत नाफा घटेको छ।

ग्लोबल आइएमई बैंक

गत आर्थिक वर्ष २०७६–०७७ मै जनता बैंकसँग मर्ज गरेको ग्लोबल आइएमई बैंकले ३ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएको छ। बैंकले वितरणयोग्य नाफा १ अर्ब ७३ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्ष बैंकको नाफा २ अर्ब ७५ करोड रुपैयाँ थियो ।

नेपाल बंगलादेश बैंक

गत वर्ष नेपाल बंगलादेश बैंकको नाफामा गिरावट आएको छ । बैंकले १ अर्ब २४ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको तुलनामा २१.६२ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ नाफा गरेको थियो ।

हिमालयन बैंक

बैंकले गत आर्थिक वर्ष २०७६–७७ मा २ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ। यो नाफा रकम अघिल्लो वर्षको तुलनामा २२ करोड १२ लाख रुपैयाँले कम हो । त्यसमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३० करोड रुपैयाँ छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले गत वर्ष १ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकको नाफा रकम १ अर्ब ५९ करोड रुपैयाँ थियो । गत वर्षको वितरण योग्य नाफा नाफा १ अर्ब १२ करोड रुपैयाँ मात्र हो ।

सेञ्चुरी बैंक

सेञ्चुरी बैंकले ९० करोड ६३ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्षको तुलनामा गत वर्ष यस बैंकको खुद नाफमा केही बृद्धि भएको छ । अघिल्लो वर्ष ६७ करोड ६४ लाख रुपैयाँ नाफा गरेको थियो ।

एनआईसी एशिया बैं

एनआइसी एशिया बैंकले पनि नाफामा बृद्धि गरेको छ । अघिल्लो वर्षको तुलनामा गत वर्ष ३.२५ प्रतिशतले नाफा बढाएर ३ अर्ब १२ करोड १४ लाख रुपैयाँ कमाएको छ । त्यसमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।

प्राइम कमर्सियल बैंक

२ अर्ब २९ करोड २८ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा रकम अघिल्लो वर्षको तुलनामा ४.२७८ प्रतिशतले बढी हो । बैंकको वितरणयोग्य नाफा १ अर्ब ६१ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

एनएमबि बैंक

गत आर्थिक वर्ष २०७६–७७ मा यस बैंकले २ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको तुलनामा १ करोड ३३ लाख रुपैयाँले बढी हो । वितरण योग्य नाफा १ अर्ब ४२ करोड रुपैयाँ छ ।

सनराइज बैंक

सनराइज बैंकले पनि कोरोनाको असर देखिएको छ । बैंकले गत आर्थिक वर्ष १ अर्ब ३९ करोड रुपैयाँ नाफा गरेको छ । अघिल्लो आर्थिक वर्ष १ अर्ब ७० करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको वितरण योग्य नाफा ५२ करोड ९१ लाख रुपैयाँ छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २ अर्ब ४९ करोड रुपैयाँ नाफा गरेको छ । कोरोनाका कराण बैंकको नाफा अघिल्लो वर्षको तुलनामा नाफा १८.२६ प्रतिशतले गिरावट आएको छ ।

इन्भेष्टमेन्ट बैंक

यस बैंकको कोरोनाको असरले नाफा खुम्चिएको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ५७ अर्ब रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष बैंकको नाफा रकम ३ अर्ब ३२ करोड रुपैयाँ थियो ।

सानिमा बैंक

गत आर्थिक वर्षमा सानिमा बैंकको नाफा १ अर्ब ७० करोड रुपैयाँ छ । अघिल्लो वर्ष बैंकले २ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको थियो । गत वर्ष बैंकको वितरण योग्य नाफा १ अर्ब ११ करोड रुपैयाँ रहेको छ।

स्टान्डर्ड चार्टर्ड बैंक

स्टान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९८ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा रकम अघिल्लो वर्षको तुलनामा १८.५१ प्रतिशतले कम हो । अघिल्लो वर्ष बैंकले २ अर्ब ४३ करोड रुपैयाँ नाफा गरेको थियो ।

कुमारी बैंक

कुमारी बैंकले गतवर्ष १ अर्ब २२ करोड रुपैयाँ नाफा गरेको छ । वितरणयोग्य नाफा ७१ करोड २८ लाख रुपैयाँ छ ।

माछापुच्छ्रे बैंक

बैंकले गत वर्ष १ अर्ब २५ करोड रुपैयाँ नाफा गरेको छ । कोरोनाका कारण यस बैंकको पनि नाफा घटेको छ । अघिल्लो वर्षमा बैंकले १ अर्ब ६९ करोड रुपैयाँ नाफा गरेको थियो ।

सिटिजन्स बैंक

सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०७६–०७७ मा १ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको यो नाफा रकम अघिल्लो आर्थिक वर्षको तुलनामा २३.७३ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ४६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो।

सिभिल बैंक

सिभिल बैंकले गत आर्थिक वर्षमा ४५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ७० करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ३५.३९ प्रतिशतले कम हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x