एनआईसी एशियाका क्रेडिट कार्ड प्रयोगकर्ताले शून्य ब्याजदरमा विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न पाउँने
काठमाडौं, ३० साउन । एनआईसी एशिया बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि शून्य ब्याजदरमा विभिन्न इलेक्ट्रोनिक सामग्रीहरू खरिद गर्न सकिने योजना ल्याएको छ । उक्त योजना लागु गर्न बैंकले विभिन्न कम्पनीहरुसँग सम्झौता गरेको हो ।
बैंकले सिजी डिजिटल प्रा.लि., एल जी लाइफ स्टाइल शोपी प्रा.लि., इभोलुसन ट्रेडिङ प्रा.लि. (इभो), नियोटेरिक नेपाल प्रा.लि., इको इन्फिनिटी प्रा.लि., त्रिवेणी व्यापार कम्पनी प्रा.लि.लगायत १६ वटा मर्चेन्टहरूसँग विभिन्न सामग्रीहरू खरिद गर्दा शुन्य प्रतिशत व्याज लाग्ने समझदारी गरेको छ ।
यस योजनामार्फत ग्राहकले उक्त इलेक्ट्रोनिक सामग्रीहरू शून्य ब्याजदरमा खरिद गरी किस्ताबन्दीमा खरिद रकम बैंकलाई भुक्तानी गर्न सक्ने छन् । जसअनुसार बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले शून्य ब्याजदरमै टिभी, फ्रिज, वासिंङ मेसिन, इलेक्ट्रोनिक स्कुटर, ल्यापटप, आइफोन, आइम्याक, आइप्याड लगायतका सामग्रंीहरू खरिद गर्न सक्नेछन् ।
हाल बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर र ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिँदै आएको छ ।