Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सांग्रिला डेभलपमेन्ट बैंक र क्वेष्ट इन्टरलेशनल कलेजबीच सहकार्य गर्ने सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र क्वेष्ट इन्टरलेशनल कलेजबीच सहकार्य गर्ने सम्झौता

काठमाडौं, ३० साउन । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र क्वेष्ट इन्टरनेशनल कलेजबीच एक आपसमा सहकार्य गर्ने सम्झैता भएको छ । बैंक र कलेजबीच वित्तीय क्षेत्रलाई आवश्यक मानब स्रोत उत्पादनलाई टेवा पु¥याउन सहकार्य गर्ने सम्झौता भएको हो । सम्झौतापत्रमा क्वेष्ट कलेजका निर्देशक कोलिन किरण श्रेष्ठ र सांग्रिला बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारी पत्रमा हस्ताक्षर भए पश्चात बैंकका कर्मचारीहरुले क्वेष्टको कुनै पनि डिग्री कार्यक्रम तथा तालिममा सहभागी हुँदा बिशेष सुबिधा तथा अध्ययन शुल्कमा छुट हुने व्यवस्था गरिएको छ । यो सहकार्यलाई मानब संसाधन विकासमा शिक्षा क्षेत्र, बित्तिय क्षेत्र, उद्योग तथा व्यवसायबीच देखिएको ठूलो खाडल क्रमशः पुरिदै जाने अभियानको सुरुवाती कदमको रुपमा बैंकले लिएको छ । पोखरा विश्वबिद्यालयबाट सन् २००९ मा स्वीकृति लिएर क्वेष्टले व्यवस्थापन संकायका बिबिए, बिएचएम र एम बिएका कक्षा सञ्चालन गर्दै आएको छ ।

हाले बैंकले मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटीएमबाट सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x