Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

इजि ट्याक्सीको सेवा लिने ग्राहकले माछापुच्छ्रेको क्युआर कोड प्रयोग गरी रकम भुक्तानी गर्न सक्ने

इजि ट्याक्सीको सेवा लिने ग्राहकले माछापुच्छ्रेको क्युआर कोड प्रयोग गरी रकम भुक्तानी गर्न सक्ने

काठमाडौं, ३० साउन । इजि एस्योरेन्स प्रा.लि. अन्तर्गतको इजि ट्याक्सीले माछापुच्छ्रे बैंकसँग व्यवसायिक सम्झौता गरेको छ । बिद्युतीय प्रणालीमार्फत ट्याक्सी भाडा भुक्तान गर्नका लागि उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक सर्जु कुमार थापा र इजि एस्योरेन्सका प्रबन्ध निर्देशक सन्जित पौडेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार इजि ट्याक्सीअन्र्तगत सञ्चालनमा रहेका करिब ५ हजार ट्याक्सीहरुको सेवा उपभोग गरेबापत ग्राहकहरुले भुक्तानी गर्नुपर्ने भाडा रकम माछापुच्छ्रे बैंकको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् । देशभर डिजिटल सेवाहरुको उपयोग बढिरहेको बेलामा इजि ट्याक्सी नेपाल एपमार्फत लामो समयदेखि इजि एस्योरेन्सले प्रविधि मैत्री ट्याक्सी सेवा प्रदान गर्दै आएको छ ।

सम्झौतापछि बोल्दै इजि ट्याक्सीका प्रबन्ध निर्देशक सन्जित पौडेलले बैंकसँगको सहकार्यले डिजिटल ट्याक्सी सेवालाई अगाडि बढाउन सहयोग पुग्ने बताए । आगामी दिनमा थप यात्रुहरुलाई सेवा दिन सहज हुने पौडेलको भनाइ छ ।

जुनसुकै बैंकमा खाता रहेका ग्राहकहरुले आफ्नो बैंकको मोवाइल बैंकिङ्ग एपको माध्यमबाट क्ुयुआर कोड स्क्यान गरी ट्याक्सीको भाडा एपमार्फत भुक्तानी गर्न सक्नेछन् । पछिल्लो दिनमा क्युआर कोर्डमार्फत रकम भुक्तानी निकै सजिलो र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x