Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा प्रा.डा. उपेन्द्र कोइराला नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा प्रा.डा. उपेन्द्र कोइराला नियुक्त

काठमाडौं, ९ भदौ । सरकारले राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिमा प्रा.डा. उपेन्द्र कोइरालालाई नियुक्त गरेको छ । उनलाई बैंकको अध्यक्ष बनाउनेगरी सञ्चालक समितिमा ल्याइएको हो । राष्ट्रिय वाणिज्य बैंकका वर्तमान अध्यक्ष निर्मलहरी अधिकारीलाई सरकारले राजस्व बोर्डको सदस्य नियुक्त गरेपछि अध्यक्ष पद रिक्त छ । कोइरालालाई सञ्चालक समितिको बुधबारको बैठकबाट अध्यक्ष चयन गरिने बुझिएको छ । कोइरालाले यसअघि खाद्य संस्थानको महाप्रबन्धक, नेपाल आयल निमगको कार्यकारी अध्यक्ष, उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्ष तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका रुपमा काम गरिसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x