Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

नेप्से परिसूचक ९.३४ अंक वृद्धि भई १४४०.९४ विन्दुमा, सर्वाधिक शेयर कारोबार नेपाल पुनर्बीमाको

नेप्से परिसूचक ९.३४ अंक वृद्धि भई १४४०.९४ विन्दुमा, सर्वाधिक शेयर कारोबार नेपाल पुनर्बीमाको

काठमाडौं, ९ भदौ । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक वृद्धि भई बन्द भएको छ । आज नेप्से परिसूचक ९.३४ अंकले वृद्धि भई १४४०.९४ विन्दुमा रोकिएको हो ।

सर्वाधिक शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको २८ कारोड ७४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो । आज नेपाल पुनर्बीमा कम्पनीको अन्तिम शेयर मूल्य ६७२ कायम भएको छ ।

१८९ कम्पनीको २४ हजार १०१ पटकको कारोबारमा ३९ लाख ४० लाख ६९१ कित्ता शेयर १ अर्ब ८५ करोड ५१ लाख रुपैयाँमा खरिद विक्री भएको छ ।

कारोबारमा आएका १२ समूहमध्ये ३ समूहको परिसूचक घटेको छ भने बाँकी समूहको परिसूचकमा वृद्धि भएको छ । परिसूचक घट्नेमा उद्योग समूह ०.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२५ प्रतिशत र म्यूचुअल फण्ड समूह ०.१२ प्रतिशत रहेका छन् । आज सर्वाधिक परिसूचक वृद्धि जीवन बीमा समूहको भएको छ । यो समूहको परिसूचक १.७१ प्रतिशत वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x