नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षको जिम्मेवारी यमलाल भुसाललाई

काठमाडौं, ९ भदौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको अध्यक्षको जिम्मेवारी यमलाल भुसाललाई दिईएको छ । भदौ ३ गतेको मन्त्री स्तरीय निर्णयअनुसार अर्काे व्यवस्था नभएसम्मका लागि भुसाललाई कम्पनी सञ्चालक समितिको अध्यक्षको कामकजका लागि तोकिएको हो ।

तत्कालिन अध्यक्ष महेश गुरागाईँको कार्यकाल गत असार १४ गतेबाट सकिएपछि पुनर्बीमा कम्पनी अध्यक्ष विहिन थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *