Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

साढे ३२ हजार मेट्रिक टन युरिया मल भित्रिन शुरू

साढे ३२ हजार मेट्रिक टन युरिया मल भित्रिन शुरू

काठमाडौं, ११ भदौ । नेपालमा महिनौंदेखि पटक पटक अभाव हुँदै आएको रासायनिक मल भित्रिन शुरू भएको छ । साल्ट ट्रेडिङ लिमिडेटमार्फत युनाइटेड अरब इमिरेट (युएई)बाट ३२ हजार ५०० मेट्रिक टन युरिया भारतको कोलकाता हुँदै मल ल्याउन थालिएको कृषि तथा पशुपक्षी मन्त्रालयले बताएको छ ।
युएइबाट ल्याएएको मल हाल भारतको कोलकत्ता कोलकाताबाट वीरगञ्ज र विराटनगर नाका हुँदै नेपालमा ल्याउन शुरू गरिएको हो । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार वीरगञ्जमा रेलमार्फत २७ हजार ५०० मेट्रिकटन र विराटनगरमा ट्रकमार्फत ५ हजार मेट्रिकटन मल ल्याइँदै छ । करिब १५ दिनमा सबै मल नेपाल भित्रने उनको भनाइ छ ।
मल आउन थालेपछि हप्ताभित्र वितरण गरिने बताइएको छ । यसरी आएको मल साल्ट ट्रेडिङ लिमिटेडका डिपोबाट कृषकलाई वितरण हुनेछ । कोलकाताबाट वीरगञ्जसम्म रेलमा आउने छ र त्यहाँ सुख्खा बन्दरगाहाबाट नेपालका विभिन्न साल्ट टे«डिङका डिपोमा पुर्‍याइनेछ ।
५ महिनाअघि देखि नै नेपालमा युरिया मल अभाव हुँदा कृषकहरू मर्कामा पर्दै आएका थिए । मल अभाव हुँदा तराईका कतिपय जिल्लाका कृषकले जोखिमपूर्ण रूपमण भारतीय सीमा बजारबाट समेत ल्याउन थालेका थिए । तर नाकामा कडाइ गरिएकाले त्यो पनि सहज थिएन ।
यस वर्ष समयमै मनसुन शुरू भएको र कोरोना महामारीका कारण मानिसहरू गाउँघरमा भएकाले सबैभन्दा धेरै ९८ प्रतिशत रोपाइँ भएको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार १३ लाख ४७ हजार हेक्टर जमिनमा धान रोपाइँ भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x