पुनकर्जाका लागि सनराइज बैंकद्वारा ऋणीलाई आह्वान
काठमाडौं, ११ भदौ । सनराइज बैंकले पुनर्कर्जा लिनका लागि ऋणीलाई आह्वान गरेको छ । बैंकले पुनर्कर्जा कार्यविधि अनुसार सुविधा प्राप्त गर्न योग्य ऋणीबाट आवेदन माग गरेको हो ।
ऋणीहरुलाई सम्बन्धित शाखा कार्यालयमा असोज ७ गतेसम्म सम्पर्क गर्न बैंकले आग्रह गरेको छ । प्राप्त निवेदनका आधारमा ऋणीहरुलाई पुनर्कर्जा उपलब्ध गराउन नेपाल राष्ट्र बैंकसँग अनुरोध गरिने सनराइजले जानकारी दिएको छ ।