सुनको मूल्य पुनः बढेर तोलाको ९७ हजार ६ सय पुग्यो
काठमाडौं, ११ भदौ । पछिल्लो केही दिन ओरालो लागेको सुनको मूल्यन बिहीबार पुनः बढेको छ । बिहीबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर ९७ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला ९७ हजार १ सय रुपैयाँ कायम भएको छ। बुधबार तेजावी सुन तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य प्रतितोला १३ सय ४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य ३५ रुपैयाँ बढेको छ ।
कोरोना संक्रमणको त्रास विश्वव्यापी बढ्दै गएपछि उकालो चढेको सुनको मूल्य नेपाली बजारमा तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँसम्म पुगेको थियो ।