Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

फर्स्ट माइक्रोफाइनान्सले १३.६८ प्रतिशत लाभांश दिने

फर्स्ट माइक्रोफाइनान्सले १३.६८ प्रतिशत लाभांश दिने

काठमाडौं, ११ भदौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १३.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ९.५० प्रतिशत बोनस र ४.१८४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीले ७ करोड ६० लाख रुपैयाँ बराबरको बोनस र ३ करोड ३५ लाख रुपैयाँ नगद वितरण गर्ने छ । सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।

अघिल्लो वर्ष पनि कम्पनीले १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद लाभांश दिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x