Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनआईसी एशिया बैंकमा क्यूआर मर्चेन्टहरु आबद्ध गराउँदा १० जनाले ५० हजार प्राप्त गर्न सक्ने

एनआईसी एशिया बैंकमा क्यूआर मर्चेन्टहरु आबद्ध गराउँदा १० जनाले ५० हजार प्राप्त गर्न सक्ने

काठमाडौं, ११ भदौ । एनआईसी एशिया बैंकले नयाँ क्यूआर मर्चेन्ट रिफर गर्दा नगद पुरस्कार दिने ‘क्यूआर रिफर एण्ड अर्न’ योजना ल्याएको छ । यो योजनामा बैंकका क्यूआर मर्चेन्ट तथा ग्राहकहरूले भदौ र आसोज महिनाभरी सहभागी जनाउँन सक्नेछन् ।

यस योजनामा बैंकसँग रहेका क्यूआर मर्चेन्ट एवं ग्राहकहरूले उक्त २ महिनाको अवधीमा नयाँ क्यूआर मर्चेन्ट रिफर गरी बैंकमा चालु खाता खोलेर क्यूआरमा आबद्ध भए बैंकले प्रति रिफर मर्चेन्ट ७५० रुपैयाँ खुद रकम प्रदान गर्ने जनाएको छ । साथै, सो २ महिनाको अवधिमा सबैभन्दा बढी नयाँ मर्चेन्ट रिफर गरी क्यूआर मर्चेन्टहरू बैंकमा आबद्ध गराउने १० जनालाई थप जनही ५० हजार रुपैयाँ रकम प्रदान गरिने समेत व्यवस्था गरिएको बैंकले जनाएको छ ।

स्मार्टफोन प्रयोगकर्ताहरूको संख्या उल्लेख्य बृद्धि भएसँगै क्यूआर पेमेन्टबाट भुक्तानी गर्ने संख्यामा समेत तीव्र रुपमा बृद्धि भइरहेको र सरकारको डिजिटल नेपाल फ्रेमवर्क अभियानलाई सहयोग गर्ने र नगद कारोबारको सट्टा डिजिटल कारोबारतिर ग्राहकलाई आकर्षित गरी अगाडि बढ्ने योजनालाई बैंकले प्राथमिकता दिएको बताइएको छ । यो बाहेक बैंकले ग्राहक केन्द्रित विभिन्न योजनाहरु ल्याएको छ ।

हाल बैंकले मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटीएम, १०२ वटा एक्स्टेन्सन काउण्टर र ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् सेवा दिँदै गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x