Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

कोभिड उपचारका लागि संघ, प्रदेश र स्थानीय तहका अस्पतालमा थपिए ६ हजार शय्या

कोभिड उपचारका लागि संघ, प्रदेश र स्थानीय तहका अस्पतालमा थपिए ६ हजार शय्या

काठमाडौं, १३ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ रोकथाम तथा उपचारका लागि संघ, प्रदेश र स्थानीय तहमा करीब ६ हजार २०२ शय्या थप गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ को उपचार गर्नका लागि तीन वटै सरकार मातहतका अस्पतालमा ६ हजार २०२ शय्या थप गरेको जानकारी दिएका हुन् । उनका अनुसार केन्द्रीय अस्पतालमा एक हजार शय्या र प्रादेशिक अस्पतालमा १ हजार ९५७ शय्या थप गरेको छ । यस्तै मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहमा पनि जनशक्तिसहित अस्पताल बनाएको छ ।
मन्त्रालयका प्रवक्ता गौतमले ती हरेक स्थानीय तहमा पाँच शøया अस्पताल बनाएको जानकारी दिएका छन् । यसरी पाँच शय्याको अस्पताल बनाउँदा ३ हजार २४५ शय्याको थप गरिएको छ ।
मन्त्रालयले शुक्रवार थप तीनवटा अस्पतलालाई कोभिड–१९ अस्पतालमा सूचीकरण गरिएको छ । वीरगञ्जको नेसनल मेडिकल कलेज, काठमाडौँका कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गरिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । रासस

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x