निषेधाज्ञामा कोही भोको नहुन र सुरक्षित हुन भन्दै खाद्य सामाग्री र माक्स बाढ्दै सुवास
काठमाडौं, १३ भदौ । सिन्धुपाल्चोक, इन्द्रावति गाउँपालिका–११, न्यौपानेटारका सुवास न्यौपाने विगत केही दिनदेखि खाद्यन्नका सामाग्री र माक्सहरु बाँढ्दै हिडेका छन् । उनले काठमाडौंका विभिन्न ठाउँमा ज्याला मजदुरी गरेर खानेहरुलाई करिब १ लाख रुपैयाँका खाद्यन्न सामाग्री, माक्स स्यानिटाइजरहरु वितरण गरिसकेका छन् ।
न्यौपननेले आज पनि काठमाडौंका विभिन्न स्थानमा माक्स स्यानिटाइजर वितरण गर्ने बताएका छन् । उनले हालसम्म मनोहरा कागेश्वरी, जोरपाटी, काँडाघारी र पशुपति क्षेत्रमा रहेका प्रभावितहरुलाई खाद्यन्नका सामाग्री वितरण गरेका हुन् । विगत ५ वर्षदेखि काठमाडौंको मुलपानी–६ मा बस्दै आएका न्यौपाने पहिलेदेखि नै समाज सेवामा लागेका हुन् ।
उनले योभन्दा पहिला पनि धुर्मुस सुन्तली फाउण्डेसनद्वारा चितवनमा निर्माण हुँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५० हजार रुपैयाँ सहयोग गरेका थिए । उनी दुवईको मार्काहोल्डिङ कम्पनीमा कार्यरत अकाउन्टेन हुन् । गत पुसमा नेपाल आएका थिए ।