Date

शुक्र, असार २७, २०८२
Fri, July 11, 2025

सम्पन्न हुँदै माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना, निर्माणमा ढिलाइले लागत बढ्ने

सम्पन्न हुँदै माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना, निर्माणमा ढिलाइले लागत बढ्ने

लमजुङ, १३ भदौ । लमजुङमा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना सम्पन्न हुने चरणमा रहेको छ । लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित उक्त आयोजनाको निर्माण ९८ प्रतिशत सम्पन्न भएको कम्पनीले बताएको छ ।
आयोजनाको अधिकांश भौतिक निर्माण सम्पन्न भइसकेको र केही प्रतिशत मात्र बाँकी रहेको आयोजनाले बताएको राससमा उल्लेख छ । हाल आयोजनाको टनेलको काम, बाढीले बगाएको सामान, स्टलेशनको काम भइरहेको कम्पनीले जानकारी दिएको छ । साविककै अवस्थामा काम अघि बढेन आगामी असोजभित्र आयोजनाको निर्माण सक्ने लक्ष्य राखिएको छ ।
२०७१ सालदेखि निर्माण शुरू गरिएको आयोजना भूकम्प, भारतीय नाकाबन्दी र गत भदौमा आएको बाढीका कारण निर्धारित समयमा निर्माण सम्पन्न हुन नसकेको आयोजनाले बताएको छ । सम्झौता अनुसार गत चैत ३० गतेसम्ममा सम्पन्न गर्नुपर्नेमा ढिलाइ भएपछि आयोजनाको लागत बढ्ने भएको छ ।
निर्माण अवधि थपिँदा लागत रू. ६७ करोड ६० लाख बढी लाग्ने अनुमान आयोजनाको छ । आयोजना निर्माणका क्रममा रू. ३ अर्ब ९६ करोड लगानीमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर रू. ४ अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले बताएको छ । प्रतिमेगावाट लागत रू. १८ करोड ५४ लाख रहने अनुमान गरिएको आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जानकारी दिएको छ । आयोजनामा १२ दशमलव ५ का दुईवटा गरी २५ मेगावाटको बिजुली उत्पादन हुने भएको छ । आयोजनाको बिजुली हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *