Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

पर्यटन बोर्डका सीईओ रेग्मीले प्रयोग गरेको भाषाप्रति व्यवसायीको घोर आपत्ति

पर्यटन बोर्डका सीईओ रेग्मीले प्रयोग गरेको भाषाप्रति व्यवसायीको घोर आपत्ति

काठमाडौं, १४ भदौ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीले प्रयोग गरेको भाषा प्रति ट्रेकिङ्ग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले घोर आपत्ति जनाएको छ । टानले आइतबार विज्ञप्ति जारी गर्दै पर्वतीय पर्यटन र यससँग सम्बन्धित संस्थालाई रेग्मीले होच्याउँने भाषा प्रयोग गरेको भन्दै आपत्ति जनाएको हो ।

‘शुक्रबार बेलुका ९ः४५ बजे बीबीसी नेपाली सेवामा प्रशारित बीबीसी बहस कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीले नेपालको मौलिक पहिचानको रुपमा रहेको पर्वतीय पर्यटन र यससँग आवद्ध हजारौं पदयात्रा तथा हिमाल आरोहण सम्बन्धी व्यवसायी एवंम् पर्यटन मजदुरहरु प्रति लक्षित गर्दै तल्लो स्तरको भाषा प्रयोग गर्नुभएको छ । यस क्षेत्रमा आवद्ध व्यवसायी र पर्यटन मजदुरलाई अविश्वसनीय तरिकाले हेर्ने, एकदमै तल्ले स्तरको भाषा प्रयोग गर्ने, होप्ने तथा होच्याउँने जस्ता भाषा प्रस्तुति र शैलीसहित शब्य र भनाईहरु नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृृत जस्तो जिम्मेवार पदमा रहनुभएको पदाधिकारीबाट व्यक्त भएकोमा टानको गम्भिर ध्यानाकर्षण भएको अवगत गराउँछौं ।’ विज्ञप्तिमा उल्लेख छ ।

रेग्मीले ‘झोलामा कम्पनी बोक्ने, एकाघरकाले कम्पनी चलाएर रोजगारी सिर्जना नगर्ने, कर नतिर्ने र राज्यलाई अत्यन्त सानो नगन्य मात्र योगदान दिएको क्षेत्र रहेको’ भन्ने भाषा प्रयोग गरेका थिए ।

यस्तो अभिव्यक्तिले पर्यटन व्यवसायीको आत्मबललाई गिराएको भन्दै एकदमै तल्लो स्तरको भाषा प्रयोग गर्ने, हेप्ने र होच्याउँने जस्ता भाषा जिम्मेवार व्यक्तिले प्रयोग गर्न नहुँने भन्दै त्यसको टानले घोर भत्र्सना गर्दै खारेज गरेको बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x