Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक उडान भदौभर रोक

लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक उडान भदौभर रोक

काठमाडौं, १५ भदौ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको छ । यसअघि भदौ १६ देखि आन्तरिक उडान खोल्ने तयारी थियो ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोग (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले आन्तरिक उडान र लामो दूरीको यातायात सञ्चालनमा भदौभर रोक लगाएको हो । यसअघि १५ गते सम्मका लागि गरेको स्थगतलाई भदौ मसान्तसम्म लम्ब्याएको एक मन्त्रीले जानकारी दिए ।
कोरोना संक्रमण बढ्दै जाँदा सरकारले देशभरका अधिकांश जिल्लामा निषेधाज्ञा गरेको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाा भदौ १७ गतेसम्म रहेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुग्दा ज्यान गुमाउनेको संख्या २२१ पुगेको छ । कोरोना संक्रमणको दर बढ्दै जाँदा सरकारले निषेधाज्ञालाई कोरोना नियन्त्रणको अस्त्र बनाएको छ । आइतबार मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाउने र लक्षण देखिएका व्यक्तिको मात्र सरकारले निःशुल्क परीक्षण गर्ने निर्णय गरेको थियो ।
अब ४४ सयमा पीसीआर परीक्षण गराउन सकिन्छ। यसअघि सरकारले ५५ सय रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको थियो । सँगै सरकारले लक्षण देखिएका व्यक्तिको मात्र कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ । लक्षण नदेखिएका व्यक्तिले भने सरकारले अनुमति दिएका अस्पतालमा गएर शुल्क तिरेर परीक्षण गराउनु पर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x