Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

थप तीन मुलुकसँग हवाई सेवा सम्झौता गरिँदै

थप तीन मुलुकसँग हवाई सेवा सम्झौता गरिँदै

काठमाडौं, १५ भदौ । सरकारले थप तीन मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने भएको छ । आइतवार बसेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले रूस, इन्डोनेसिया र फिनल्याण्डसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
सरकारले हालसम्म विश्वका ४० देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता एवं समझदारी गरेको छ । पछिल्लो पटक १ अक्टोबर २०१९ मा नेपालले अस्ट्रेलियासँग हवाई सम्झौता गरेको थियो । नेपालसँग हवाई सम्झौता गर्ने अस्ट्रेलिया ४०औं देश हो ।
नेपालले दक्षिण एशिया, दक्षिण पूर्वी एशिया र मध्यपूर्वका कुनै दुई हवाई प्रवेश विन्दु प्रयोग गर्दै मध्यवर्ती विन्दु भएर पिफ्थ फ्रिडम उपयोग गर्न पाउनेगरी अष्ट्रेलियासँग हवाई सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । त्यसअघि कम्बोडियासँग हवाई सम्झौता गरिएको थियो ।
अन्तरराष्ट्रिय उडानतर्फ नेपालका तीन र विदेशी विदेशी २७ एयरलाइन्सले १५ मुलुकका ३२ गन्तव्यमा हवाई सेवा सञ्चालन गर्दै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x