Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लिबर्टी इनर्जीको आइपीओ बाँडफाँड, १० कित्तादेखि ४० कित्तासम्म वितरण

लिबर्टी इनर्जीको आइपीओ बाँडफाँड, १० कित्तादेखि ४० कित्तासम्म वितरण

काठमाडौं, १५ भदौ । लिबर्टी इनर्जीको आईपीओ बाँडफाँड भएको छ। आइपीओमा आवेदन गर्ने १ लाख ८८ हजार ३७३ योग्य आवेदकले १० कित्तादेखि ४० कित्ता सम्म शेयर प्राप्त गरेका छन् ।

एनआइबीएल एस क्यापिटलको कार्यलयमा गरिएको बाँडफाँडमा ९४ हजार ९०४ आवेदकले १० कित्ता शेयर पाएका छन् भने ४५ हजार ४८ आवेदकले २० कित्ता, ४८ हजार २२१ आवेदकले ३० कित्ता र गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता गरी ४० कित्ता शेयर पाएका छन्।

३० कित्तासम्म माग गरेका सबै आवेदकलाई माग गरे जति शेयर वितरण गरिएको छ। ३० कित्तादेखि १५०० कित्तासम्म शेयर माग गर्ने ३६ हजार ५५८ मध्ये गोलाप्रथाका आधारमा २५ हजार ६२० आवेदकलाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको हो।

लिवर्टीको आईपीओमा कुल १ लाख ८८ हजार ४९९ आवेदन परेको थियो। रितपूर्वक फारम नभरिएकोले जसमध्ये १२६ वटा आवेदन रद्द भएका गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x