Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

आवको पहिलो महिना मुलुकको व्यापारघाटामा २२ प्रतिशतको कमी

आवको पहिलो महिना मुलुकको व्यापारघाटामा २२ प्रतिशतको कमी

काठमाडौं, १५ भदौ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा मुलुकको वैदेशिक व्यापारघाटामा सुधार भएको देखिएको छ । भन्सार विभागका अनुसार गत आवको साउनमा भारतसहित तेस्रो मुलुकसँग नेपालको व्यापारघाटा ९७ अर्ब ८८ करोड ८२ लाख रहेकोमा चालू आवको साउनमा यो रू. ७६ अर्ब १८ करोड ७९ लाखमा सीमित रहेको छ, जुन गत आवको सोही अवधिको भन्दा २२.१७ प्रतिशत कम हो ।
साउनमा आयातमा घटेको र निर्यात बढेकाले मुलुकको कुल वैदेशिक व्यापारघाटामा सुधार देखिएको विभागले बताएको छ । गत आवको पहिलो महिनाको तुलनामा चालू आवको सोही अवधिमा आयात समेत दोहोरो अंकले घटेको छ । गत आवको सोही साउनमा रू. १ खर्ब ६ अर्ब ७२ करोड बराबरको वस्तु आयात भएकोमा चालू आवको साउनमा यो रू. ८५ अर्ब ८० करोड ७९ लाखमा सीमित रहेको छ, जुन गत आवको तुलनामा १९.६० प्रतिशतको कमी हो ।
यसैगरी गत गत आवको साउनको तुलनामा चालू आवको यसै महिनामा निर्यात भएको पाइएको छ । गत आवको साउनमा मुलुकबाट रू. ८ अर्ब ८३ करोड ७० लाख बराबरको वस्तु निर्यात भएकोमा चालू आवमा साउनमा रू. ९ अर्ब ६२ करोड बराबरको सामग्री निर्यात भएको छ । गत आवको तुलनमा यो ८.८६ प्रतिशत बढी हो ।
त्यसैगरी चालू आवको साउनमा गत आवको तुलनामा कुल वैदेशिक व्यापारमा समेत १७ दशमलव ४२ प्रतिशतले कमी आएको छ । चालू आवमा नेपालको कुल वैदेशिक व्यापार विभिन्न मुलुकसँग ९५ अर्ब ४२ करोड ८० लाख रहेकोमा गत आवको सोही समयमा एक खर्ब १५ अर्ब ५६ करोड २४ लाख रहेको थियोे । सोही अवधिमा आयातरनिर्यातको सूचकाङ्कलाई हेर्दा गत आवमा १२ प्रतिशत रहेकोमा चालू आवमा ९ प्रतिशत रहेको छ । जुन गत आवको तुलनामा चालू आवको साउनमा आयातरनिर्यात सूचकाङ्क २६ प्रतिशतले कमी हो । त्यसैगरी कुल व्यापारमा निर्यातको सूचकाङ्क हेर्दा चालू आवको साउनमा १० प्रतिशत रहेकोमा गत आवको सोही समयमा ७ प्रतिशत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x