Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

श्रमिक सूचना बैंकबाट घरमै बसेर जागिर खोज्न सकिने

श्रमिक सूचना बैंकबाट घरमै बसेर जागिर खोज्न सकिने

काठमाडौं, १५ भदौ । सरकारले घरमै बसेर रोजगारीको अवसर खोज्न सकिने श्रमिक सूचना बैंकको शुरूवात गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार आइतबारदेखि श्रमिक सूचना बैंक स्थापना भएको हो ।

सूचना बैंक शुरू भएपछि रोजगारीको खोजीमा रहेका बेरोजगारहरुले घरमै बसेर आफूले चाहेअनुसारको रोजगारी खोज्न पाउनेछन्। बैंक सञ्चालनमा आएसँगै अब रोजगारी खोज्नकै लागि कुनै पनि कम्पनीको दैलोरदैलोमा हातमा बायोडाटा बोकेर धाउनु नपर्ने मन्त्रालयको भनाई छ । ७५३ वटै स्थानीय तहमा सूचना बैंक सञ्चालनमा ल्याइने जनाइएको छ ।

जागिरको खोजीमा रहेका श्रमिकहरूले मन्त्रालयले बनाएको वेभसाइटमा गएर आफ्नो सम्पूर्ण विवरण दर्ता गर्नुपर्नेछ। उक्त वेभसाइटमा गएर आफूलाई चाहिएको रोजगारीको प्रकार, आफ्नो क्षमता, शैक्षिक योग्यता र अनुभवको जानकारी राख्नुपर्ने छ। श्रम गर्न चाहनेले आफ्नो सम्पूर्ण जानकारी सूचना बैंकको वेभसाइटमा राखेपछि जागिर खोज्ने प्रक्रिया शुरू हुन्छ ।

सूचना बैंकमा रोजगारीको खोजीमा रहेका बेरोजगार जस्तै श्रमिकको खोजीमा रोजगारदाताको पनि पहुँच हुनेछ। सोहीअनुसार, श्रमिकको योग्यता, क्षमता र अनुभव हेरेर रोजगारदाताले आफूलाई चाहिने श्रमिक छान्ने छन् । आफ्नो खोजीअनुसारको श्रमिक भेटेपछि रोजगारदताले सूचना बैंकमा आफ्नो विवरण दर्ता गराउने व्यक्तिलाई सम्पर्क गर्छ।

देशभर सञ्चालनमा आउने श्रमिक सूचना बैंकमा बेरोजगारले मात्र नभई रोजगारदाताले पनि विवरण दर्ता गराउन सक्छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x