Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

खुला बजार कारोबारमार्फत २ खर्ब १९ अर्ब तरलता प्रवाह

खुला बजार कारोबारमार्फत २ खर्ब १९ अर्ब तरलता प्रवाह

काठमाडौं, १६ भदौ । नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिमा खुला बजार कारोबारमार्फत रू. २ खर्ब १९ अर्बभन्दा बढी तरलता प्रवाह गरेको छ । बैंकले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनका अनुसार गत आर्थिक वर्ष २०७६÷७७ मा खुला बजार कारोबारमार्पmत कुल रू. २ खर्ब १९ अर्ब १६ करोड तरलता प्रवाह गरिएको हो । यस अन्तर्गत रिपोमार्फत रू. १ खर्ब १५ अर्ब ८७ करोड र स्थायी तरलता सुविधामार्फत रू. १ खर्ब ३ अर्ब २८ करोड प्रवाह भएको छ ।
अघिल्लो आर्थिक वर्षमा रू. ३ खर्ब २२ अर्ब ४९ करोड तरलता प्रवाह भएको थियो । समीक्षा वर्षमा खुला बजार कारोबारका विभिन्न उपकरणमार्पmत पटक–पटक गरी कुल रू. ७८ अर्ब तरलता प्रशोचन गरिएको छ । यस अनुसार निक्षेप संकलन बोलकबोलमार्फत रू. ३० अर्ब र रिभर्स रिपोमार्पmत रू. ४८ अर्ब तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा रू. १०० अर्ब ३५ करोड तरलता प्रशोचन भएको थियो ।
समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४ अर्ब २१ करोड खुद खरीद गरी रू. ४ खर्ब ९२ अर्ब २४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३ अर्ब १९ करोड खरीद गरी रू. ३ खर्ब ६० अर्ब ९१ करोड तरलता प्रवाह गरिएको थियो ।
सो अवधिमा राष्ट्र बैंकले अमेरिकी डलर ३ अर्ब ८२ करोड विक्री गरी रू. ४ खर्ब ४२ अर्ब १३ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । अघिल्लो वर्ष अमेरिकी डलर ४ अर्ब २४ करोड लगायत अन्य विदेशी मुद्रा विक्री गरी रू. ५ खर्ब १६ अर्ब ९७ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x