सुनको मूल्यमा दिन दिनै उतारचढाव, आज १२०० घट्यो
काठमाडौं, १७ भदौ । केही समययता सुनको मूल्यमा उतारचयाव देखिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली बनारमा प्रतितोला एक लाख ३ हजार ५०० रुपैयाँसम्म पुुगेको सुनको मूल्य अहिले घटबढको क्रम चलिरहेको छ । हिजो प्रतितोला ९०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार (आज) भने घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज प्रतितोला एक हजार २०० रुपैयाँ घटेको छ । हिजो प्रतितोला ९८ हजार ४०० रुपैयाँमा खरिद विक्री भएको छापावाला सुन आज प्रतितोला ९७ हजार २०० रुपैयाँम कायम भएको हो । छापावाला सुनको मूल्यसँगै तेजावि सुनको मूल्य पनि घटेको छ ।
आज तेजावि सुन प्रतितोला ९६ हजार ७०० रुपैयाँमा खरिद विक्री भईरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला एक हजार ३९५ रपैयाँमा खरिद विक्री भएको चाँदी आज प्रतितोला एक हजार ३६५ रुपैयाँमा खरिद विक्री भइरहेको महासंघले जनाएको छ ।