एनआइसी एशिया म्युचुअल फन्डको बुक क्लोज आगामी साता
काठमाडौं, १७ भदौ । एनआइसी एशिया म्युचुअल फन्ड अन्तर्गतका २ वटा म्युचुअल फन्डको बुक क्लोज आगामी साता गरिने भएको छ ।
एनआइसी एशिया ग्रोथ फन्ड र एनआइसी एशिया ब्यालेन्स फन्ड दुबैले भदौ २५ गते बुक क्लोज गर्ने भएका हुन् । भदौ २४ गतेसम्म कायम इकाईधनीले लाभांश पाउनेछन् ।
ग्रोथ फन्डले १२ प्रतिशत र ब्यालेन्सड् फन्डले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने छन् ।