Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

८५ प्रतिशतले घट्यो तयारी पोशाक निर्यातको माग

८५ प्रतिशतले घट्यो तयारी पोशाक निर्यातको माग

काठमाडौं, १७ भदौ । कोरोना महामारीका कारण विश्व अर्थतन्त्र नै प्रभावित भइरहँदा यसको प्रत्यक्ष असर नेपालको तयारी पोशाक निर्यातमा समेत परेको पाइएको छ । नेपालको तयारी पोशाकको मुख्य बजार मानिने युरोप, अमेरिकाको जनजीवन एवं आर्थिक गतिविधि सामान्य अवस्थामा नआउँदा नेपालबाट तयारी पोशाकको माग ८५ प्रतिशतसम्म घटेको गार्मेन्ट एशोसिएशन अफ नेपालले बताएको छ ।
नेपाली तयारी पोशाक मुख्य बजार यूरोप हो, जहाँ कुल उत्पादनको करीब ७० प्रतिशत सामान प्रतिशत निर्यात हुने गरेको छ । नेपालबाट जर्मनी, फ्रान्स, हंगेरी, डेनमार्क, इटाली, नर्वेजस्ता यूरोपेली देशका साथै अमेरिका, अस्ट्रेलिया, क्यानडा लगायतमा तयारी पोशाक निर्यात हुने गरेको छ । तर यी मुलुकमा कोरोना संक्रमणबाट बढी प्रभावित भएकाले अन्य वस्तुजस्तै नेपालमा उत्पादित तयारी पोशाकको मागमा पनि ह्रास आएको एशोसिएशनले बताएको छ ।
तयारी पोशाकको माग सिजन अनुसार हुने र लकडाउनअघि माग भएका उत्पादन समेत निर्यात हुन नसकेको व्यवसायीको भनाइ छ । माग अनुसार पठाउनु नसक्दा करीब १ अर्ब २५ करोड रुपैयाँ बराबरको घाटा बेहोर्नु परेको उद्यमीहरू बताउँछन् । नियमित उडान नहुँदा यस अघिसम्म केही सामग्री महँगो भाडा तिरेर चार्टर्ड उडानबाट निर्यात गरिएको एशोसिएशनले बताएको छ । १५ वर्षअघि नेपालमा करिब १२ सय गार्मेन्ट उद्योग सञ्चालनमा रहेकोमा हाल ५० ओटा मात्रै सञ्चालनमा रहेको र तिनमा ८ हजारले रोजगारी पाएको एशोसिएशनको तथ्यांक छ । गत आर्थिक वर्षमा यस्ता उद्योगले ७ अर्ब रुपैयाँ बराबरको कारोबार गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x