Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

दीगो विकास लक्ष्यप्राप्तिको मार्गचित्र सार्वजनिक हुँदै

दीगो विकास लक्ष्यप्राप्तिको मार्गचित्र सार्वजनिक हुँदै

काठमाडौं, ६ फागुन । राष्ट्रिय योजना आयोगले दीगो विकास लक्ष्य प्राप्तिको मार्गचित्र (रोडम्याप) सार्वजनिक गर्न लागेको छ । सन् २०१५ को सेप्टेम्बरमा संयुक्त राष्ट्रसंघको महासभामा सदस्य राष्ट्रहरुले जनाएको प्रतिवद्धता अनुरुप सन् २०३० सम्म हासिल गर्नुपर्ने १७ लक्ष्यहरु र १५९ गन्तव्यहरुको स्थानीयकरण गरी कार्यान्वयन शुरु भएको छ । नेपालले पनि सोही लक्ष्यहरु हासिल गर्न ४०० भन्दा बढी सूचकहरु त्यार गरी दीगो विकास लक्ष्य कार्यान्वयन शुरु गरेको छ । दीगो विकासका १७ लक्ष्यहरुमा लक्ष्य १४ नेपालसँग प्रत्यक्ष सम्बन्धित छैन । लक्ष्य १४ समुद्रको दीगो उपयोग र संक्षणसँग सम्बन्धित रहेकाले यसका सूचकहरु त्यार गरिएको छैन ।
योजना आयोगले सोही सूचकहरु समाविष्ट रहेको आधारभूत प्रतिवेदनका आधारमा दीगो विकास लक्ष्य हासिल गर्न आवश्यक पर्ने लागत पनि अनुमान गरिरहेको छ । दीगो विकास लक्ष्य हासिल गर्नका लागि सरकार, निजी क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुको भूमिकालाई पनि प्रतिवेदनमा प्रस्तुत गरिएको छ । हरेक सूचकमा कसले काम गर्ने, कसको के भूमिका हुने उल्लेख गरिएको छ । अहिलेसम्म प्राप्त उपलब्धिको विश्वसनीय तथ्यांकका आधारमा दीगो विकास लक्ष्य हासिल गर्न आवश्यक लागत अनुमान भैरहेको छ ।
दीगो विकास लक्ष्यलाई स्थानीयकरण गर्दै दीर्घकालीन योजना समेत तयार हुँदैछ भने हरेक मन्त्रालयको नीति तथा कार्यक्रम र स्थानीय र प्रदेश सरकारले समेत सो उपलब्धि हासिल गर्नका लागि गर्नुपर्ने कामहरुसहितको मार्गचित्र राष्ट्रिय योजना आयोगले आज सार्वजनिक गर्न लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x