आगामी असोज ५ गतेदेखि हावाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने
काठमाडौं, २९ भदौ । असोज ५ गतेदेखि हवाई उडान र सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले हवाई उडान र सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।
स्वास्थ्य मापदण्ड अपनाएर हवाई उडान र सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएको छ ।
त्यस्तै मन्त्रीपरिषद् बैठकले राष्ट्रिय सभा सदस्यमा नेकपा नेता बामदेव गौतमलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ ।