आज ३ अर्ब २१ करोडको शेयर कारोबार
काठमाडौं, २९ भदौ । साताको दोस्रो कारोबार दिन आज (सोमबार) शेयर बजार परिसूचक ३.२६ अंकले बढेर १५४०.५१ विन्दुमा पुगेको छ । तीब्र उतार चढावकाबीच परिसूचक सामान्य अंकले बढेर बन्दभएको हो ।
त्यस्तै, १ सय ९० कम्पनीको ८६ लाख ३१ हजार ७४१ कित्ता सेयर ३ अर्ब २१ करोड रुपैयाँ बढीमा कारोबार भएको छ । कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ वटा उपसमूहको उपसूचक बढेको छ भने बाँकी ७ वटा उपसमूहको घटेको छ ।
कारोबारको आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा छ । कम्पनीको १९ करोड ९३ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ। दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल बैंक र नेपाल लाईफ इन्स्योरेन्स कम्पनी रहेको छ ।