एशिया प्रशान्त संघ स्थापनामा जोड दिँदै सकियो अन्तर्राष्ट्रिय नेतृत्वदायी सम्मेलन
काठमाडौं, ३० भदौ । ‘एशिया प्याशिफिक यूनियन’ स्थापनामा जोड दिदै तीन दिने अन्तराष्ट्रिय नेतृत्व सम्मेलन सकिएको छ । यहि भादौ २६ देखि २८ गतेसम्म भर्चुयल माध्यमबाट सम्मेलन सम्पन्न भएको हो । सम्मेलनमा एशिया प्रशान्त क्षेत्रका ८१ वटा देशहरूबाट १० हजार भन्दा बढी प्रत्यक्ष रुपमा सहभागिता जनाएका थिए ।
‘विश्वव्यापी संकटको समयको आशा र अवसरः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी साझा मूल्यमान्यता’ बिषयमा भएको छलफलमा राष्ट «प्रमुखहरू, सांसदहरू, अन्तरधार्मिक नेतृत्वहरू, महिला नेतृत्वहरू, आमसंचार, शिक्षाविद्हरू, व्यवसायीक नेतृत्वकर्ताहरू, र युवा तथा विद्यार्थी नेतृत्वहरूको सत्र गरी सम्मेलनलाई आठ क्षेत्रहरुमा विभाजित गरि छलफल गरिएको थियो ।
बिश्वब्यापी महामराीको रुपमा रहेको कोभिड–१९ प्राण घातक र विश्व विनाशकारी सिद्ध भइसकेको छ । अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलनमा सहभागी बक्ताहरुले यो भ्रमपूर्ण अवस्था र अन्धकारका बिचमा भोलिको उज्यालोको झलक पाएको र संकट अवसरमा परिणत हुँदै गरेको भन्दै निराशा आशामा रुपान्तरित हुँदै गरेको बताएका थिए ।
सम्मेलनको आयोजना राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषदको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था युनिभर्सल पीस फेडेरेसन (यूपीएफ) ले गरेको थियो । सम्मेलन अमेरिका, यूरोप अफ्रिका र मध्यपूर्व तथा एशिया प्रशान्त क्षेत्र गरी तीन अध्यायहरूमा समानान्तर रुपमा संचालन गरिएको थियो ।