Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

कोरोना संक्रमण फैलन नदिन कर्मचारी सञ्चय कोषले प्रविधिलाई प्राथमिकता दिने

कोरोना संक्रमण फैलन नदिन कर्मचारी सञ्चय कोषले प्रविधिलाई प्राथमिकता दिने

काठमाडौं, ३० भदौ । कर्मचारी सञ्चय कोषले आफ्ना ग्राहकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउँन कोषबाट प्रवाह गरिने सेवालाई प्रविधिमैत्री बनाउँने भएको छ । विश्वका नविनतम सूचना र प्रविधिलाई अपनाएर ग्राहकलाई सेवा दिन कोषले ५९ औं वार्षिकोत्सवको अवसरमा ललितपुरको केन्द्रीय कार्यालयको नयाँ भवनमा डाटा सेन्टरको व्यवस्थापन गरेको हो । उक्त डाटा सेन्टरको उद्घाटन कोषका अध्यक्ष एवं राजस्व सचिव रामशरण पुँडासैनीले मंगलबार उद्घाटन गरेका हुन् ।

कोषले प्रवाह गर्ने सेवालाई नविनतम बनाउँन प्रविधिलाई प्राथमिकता दिइने अध्यक्ष पुँडासैनी बताउँछन् । सरकारी तथा निजी क्षेत्रका कर्मचारीहरुबाट कोषमा जम्म भएको रकमलाई देशको विकासका लागि पुर्वाधार निर्माणमा लगाउँने उनी बताउँछन् । हालसम्म कोषमा ६ लाख २८ हजार कर्मचारीको करिब ३ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढी सञ्चित रकम जम्मा भएको छ ।

कोषले पुर्वाधार एवं ठूला परियोजनामा लगानी गरी सञ्चयकर्ताहरुलाई उच्चतम प्रतिफल दिँदै आएको पुँडासैनीले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x